प्रेम सम्बन्धि केहि मन छुने भनाइ हरु

प्रेम सबैले गर्छ तर कसले कस्तो तरिकाले गर्छ, केहि विद्वानहरुका भनाइहरुलाइ हामिले यहाँ समेटेका छौँ

१। एकदिन तिमीले मलाइ सोध्ने छौ, मेरो जिन्दगि बढी महत्वपूर्ण छ कि तिम्रो रु मैले मेरो जिन्दगि भन्नेछु र तिमि मलाई छोडेर जानेछौ यो थाहा नपाईकन कि तिमि नै मेरो जिन्दगि हो । – खलिल जिब्रान
२। जिन्दगि छोटो छ यसैले विस्तारै चुम्वन गर, दिल खोलेर हास, साँचो माया गर अनि छिट्टै क्षमा गर । – पाउलो कोयाल्हो
३। यदि उनि मजेदार छिन भने उनी छिटै मान्ने खलकको हुदिनन । यदि छिटै मान्ने खालको हुन्थिन भने मजेदार हुने थिइनन । यदि उनि तिम्रो लाएकको छिन भने तिम्ले छोड्ने छैनौ । यदि छोड्छौ भने तिमि लाएकको हुने छैनौ । – बब मार्ली
४। एउटा पुरुष त्यो बेला निकै भाग्यमानी हुन्छ जब उसको प्रेमिकाको उ पहिलो प्रेमि रहेको हुन्छ । र, एउटी महिला तव भाग्यमानी हुन्छिन, जब उनि नै प्रेमिको अन्तिमसम्मको प्रेमीका बन्छिन । – चार्ल्स डिकेन्स
५। मलाई विश्वास छ जे हुन्छ राम्रै को निम्ति हुन्छ । मानिसहरु बदलिन्छन यसकारण कि हामीले उनीहरुलाई आफ्नो जिन्दगि देखि जान दिन सकौ । कहिलेकाही समय हामीले सोचेजस्तो कहिल्यै हुदैन यसकारण कि जब राम्रो समय आउछ त्यो समयलाई प्रशंसा गर्न सकौ । कहिलेकाही झुटले चोट दिन्छ जसको कारण हामीले आफूबाहेक अरुको विश्वास गर्न हुदैन भन्ने कुरा सिक्न सकौ । कहिलेकाही राम्रा चिज हामीबाट खोसिएर जान्छन ताकी अझै उत्तम चिज हामीले प्राप्त गर्न सकौ भनेर हो । – मार्लिन मुनरो
६। कसैलाई माया गर्नु केही होइन, कसैद्वारा माया पाउनु केहिथोक हो, जसले तिमीलाई पनि माया गर्छ उसलाई माया गर्नु सबैथोक हो । – बिल रस्सेल
७। हरेक प्रकारको सुन्दरताको निम्ति त्यसलाई देख्न सक्ने आँखा कसै न कसैमा अवश्य हुन्छ । हरेक सत्यको निम्ति त्यसलाई सुनिदिने कान कसै न कसैमा अवश्य हुन्छ । हरेक मायाको निम्ति त्यसलाई स्वीकार गर्ने मुटु कसै न कसैसँग अवस्य हुन्छ । – इभान पानिन
८। प्रेम मुस्कानद्वारा सुरु हुन्छ, चुम्बन मार्फत फल्छरफुल्छ अनि आशूमा गएर अन्त्य हुन्छ । – सन्त अगस्टाइन
९। हामीले एकदमै पर्फेक मानिस भेटेको कारण प्रेम गर्ने होइन हामीले त अपूर्ण मानिसमा पनि त्यो पूर्णता भेटन सकेको कारण प्रेम गर्ने हो । – साम किन
१०। जब तिमि प्रेममा हुन्छौ तब तिमि सुत्न सक्दैनौ किनकि तिम्रो वास्तविकता सपना भन्दा पनि मिठो हुन्छ । – डा। सिअस
११। तिमि जो हौ त्यसको निम्ति मैले तिमीलाई माया गर्ने होइन बल्कि तिमिसँग हुदा मैले आफूलाई जस्तो महसुस गर्छु त्यसको निम्ति म तिमीलाई माया गर्छु । – रो क्राफ्ट

१२।  आफ्नो माया त्यसको निम्ति खेर नफाल जसले तिम्रो प्रेमको मुल्य चिन्न सक्दैन । – विलियम शेक्सपियर
१३। संसारमा एक मात्र खुसी छ माया गर्नु र माया पाउनु । – जर्ज स्याण्ड
१४। मलाई माया गर या घणा गर दुवै मेरो पक्षमा छन् । यदि तिमी मलाई माया गर्छौ भने म सधै तिम्रो हृदयमा हुनेछु र घृणा गर्छौ भने तिम्रो मस्तिष्कमा । – विलियम शेक्सपियर

१५। हामी सबै प्रेमका निम्ती जन्मेका हौ । यहि नै अस्तित्वको सिद्धान्त हो । – बेन्जामिन डिजराइली
१६। संसारका लागि तिमी मात्र एक मान्छे हौ, तर मात्र एक मान्छेका लागि तिमी पुरै संसार हौ । – विल विल्सन
१७। जानिराख तिमीले जती प्रेम बाढ्छौ उतीनै प्रेम प्राप्त गर्दछौ ।– अज्ञात
१८। थाहा छ, तिमी प्रेममा छौ जब तिमी राती सुत्न चाहदैनौ, किनभने तिम्रो वास्तविकता सपना भन्दा प्यारो छ ।– डा सिअस्