झ्यारी गाउँमा भालु खोरमै पसेर २९ भेडा खाएपछि कृषक चिन्तित

मुगु – रारा राष्ट्रिय निकुञ्जको मध्यवती क्षेत्रमा बसोबास गर्ने मुगालीलाई निकुन्जका जंगली जनावरहरुले सास्ती दिने गरेका छन् । निकुञ्जबाट आउने जंगली जनावरहरुलाई पोकेको खाद्यन्न बालीहरुसँगै घरपालुवा जनवारहरुमा क्षती पु¥याउँदा कृषकहरु हैरानी हुने गरेको हो ।

शुक्रबार राती छायाँनाथ रारा नगरपालिका–८ झ्यारी गाँउका कृषक रमेश रावलका आठ वटा भेडा हिमाली भालुले मारेको छ । खखर्क रहेको चुल्ठीमा हिमाली भालु पसेर भेडा मारेको छ भने भेडा हेर्ने कुकुर बेपत्ता रहेको रावलले जानकारी दिए ।

सोही ठाउँका भेडा पालक पदम रावलका २४ र घुघुरे कामीका पाँचगरी २९ भेडालाई पनि खोरमै पसेर भालुले मारेको छ । गतबर्ष पनि भालुले गाँउलेका १५ भेडाबाख्रा मारेको वडा अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए ।

जंगली जनावरहरुले पाकेको बाली र फलफुल खानुका साथै विरुवा उखेल्दा मध्यवर्तीका स्थानिय हैरानी हुने गरेका छन् । विगत वर्षहरुमा रारा राष्ट्रिय निकुञ्जले पीडित कृषकहरुलाई क्षतीपुर्ती दिने गरेपनि यो वर्ष नदिने भनेकाले आफुहरु सखाप भएको कृषक पदम रावलले दुखेसो पोखे ।

पीडित कृषकहरुको क्षतीपुतीका लागी वडा र नगरपालिकाबाट सिफारिस गरेर निकुञ्जलाई क्षतीपुर्ती उपलब्ध गराउन पहल गर्ने वडा अध्यक्ष रावलले जनाए ।

एकसय ३२ घरधुरी रहेको यो गाँउका अधिकाँस स्थानीयहरुको प्रमुख आयको स्रोत भेडापालन भएपनि बेला बेलामा निकुज्जको जंगलबाट निस्कने भालु र बाघले भेडाबाख्रा खाने र मार्ने गरेपछि रोजीरोटी गुमेको कृषकहरु बताउँछन् । झ्यारीसहित मुर्मा, माथीतुम, ताल्च, टोप्ला, पीना, कार्कीवाडा, तलितुम, बुलबुलेका कृषकहरुले वर्षेनी सास्ती भोग्न बाध्य छन् ।