७१ वर्षमा नागरिकता पाए मुगुका सिंगे बुमिले

 

मुगु – मुगुमा एक वृद्धले १६ वर्ष पछि ७१ वर्षको उमेरमा नेपाली नागरीकताको प्रमाण-पत्र पाएका छन् ।

जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नं ३ भिईका सिंगे बुमिले ७१ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र पाएका हुन । बुधवार जिल्ला प्रशासन कार्यालय मुगुमा आएका बुमिले ईलाका प्रशासन कार्यालय सोरुकोटका का ईलाका प्रमुख खड्गबहादुर बस्नेतको हात बाट नागरिकताको प्रमाण-पत्र ग्रहण गरेका हुन ।

छिमेकि देश भारतमा ज्याला मजदुरीका लागि गएका बुमि स्वदेश फर्केको १६ वर्ष पछि ७१ वर्षको उमेरमा हातमै नागरिकता पाउदाँ अब राज्यबाट प्राप्त हुने सबै सेवा सुविधा पाउँने भन्दैँ खुसी भएका छन् ।

यहाँ भन्दा पहिला सरकारबाट कुनै पनि प्रकारको सेवा सुविधा पाएका थिएनन् । ईलाका प्रमुख बस्नेतका अनुसार ४ वर्ष सम्म कार्यालय सहयोगिको भरमा सञ्चालन हुदै आएको ईलाका प्रशासन कार्यालयले प्रमुख पाए पछि अब ईलाका प्रशासन बाटै सहजै रुपमा सोेरु बासिले नागरिकता पाउने उनले विश्वास गरे ।

बुधवारदेखी एक अनौपचारिक ढंगबाट प्रदान गरिएको नागरिकता १६ बर्ष पछि मात्र ७१ वर्षिय वृद्धले नागरिकता पाएका हुन । प्रशासन बाट यहि आइतवार नागरिकता वितरणमा शुभारम्भ हुने पनि बस्नेतको भनाइ रहेको छ ।