सोलुखुम्बु – ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षकको हृदयघातको कारण मृत्यु भएको छ । केरुङ प्रहरी चौकी विमानस्थल सुरक्षा गार्ड फाप्लुमा कार्यरत ५० वर्षीय चित्रबहादुर गुरुङको सोमबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङका अनुसार अचानक बेहोस भएका गुरुङलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ स्थायी ठेगाना भई हाल धरान १५ बस्दै आएका गुरुङको शव परीक्षणपछि आज आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।