काठमाडौं , नेपाली कांग्रेसले प्रतिपक्षी दलहरुको बैठक बोलाएको छ । सरकारका पछिल्ला कदमविरुद्ध साझा धारणा तय गर्न बैठक बोलाएको हो ।
बैठकमा कांग्रेससहित जनता समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरु सहभागी हुने बताइएको छ ।
सरकारले फिर्ता गरेको अध्यादेश, राहत वितरणमा गरेको भेदभावलगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठक लकडाउनको समयमा र त्यसपछि सरकारकाविरुद्ध गरिने गतिविधिमा केन्द्रित हुनेछ ।
बैठकमा सांसद अपहरण प्रकरणमा प्रहरीले किटानी जाहेरी नलिएको विषयमा समेत छलफल हुने बताइएको छ ।
बैठक आज दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।
गत सरकारले ल्याएको अध्यादेशविरुद्ध कांग्रेसले गत साता पनि संसदमा रहेका दलहरुको बैठक बोलाएको थियो ।