कैलालिकाे चाैमाैलामा १५ शैयाकाे अस्पताल शिलान्याससँगै काेभिड अस्पताल उद्घाटन

सुर्खेत – कैलालिको चौमौलामा १५ शैयाको अस्पताल शिलान्याससँगै कोभिड अस्पताल उद्घाटन गरिएको छ । मंगलबार एक औपचारिक कार्यक्रमकाबिच कैलालिको चौमौलामा १५ शैयाको अस्पताल शिलान्याससँगै ५ शैयाको कोभिड अस्पताल उद्घाटन गरिएको हो ।

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले १५ सैयाको गौरीगंगा नगर अस्पताल भवन उद्घाटन गरेका हुन् । सोहि अवसरमा चौमाला कैलालीमा निर्माण सम्पन्न कोभिड १९ अस्पताल उदघाटन गरिएको छ । अस्पताल शिलान्यास तथा उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले अस्पताल निर्माणपछि विरामिको चाप व्यवस्थापन गर्न सजिलो हुने बताए । उनका अनुसार अब बन्ने १५ शैयाको अस्पतालमा जनशक्ति तथा उपकरणको व्यवस्थापन संघिय सरकारले गर्ने भएको छ ।

कोराना माहामारिले विश्व थला परेको बेला निर्माण सम्पन्न अस्पतालबाट विशेषज्ञ सेवा सुरु गरि यहाँका नागिरकलाई सहज सेवा दिन उनको सुझाब छ । साथै चालू आबमा नेपाल सरकारको प्राथमिकतामा स्वास्थ र रोजगारि सृर्जनाका कार्यक्रम परेको उनले बताए ।