मुगु – लामो समयदेखि बन्द रहेका मुगुको सोरु गाउँपालिकाका विद्यालय सञ्चालनमा आएका छन् । कोरोना भाइरसको संक्रमणको डरले बन्द रहेका विद्यालय मंगलबा संचालनमा आएका हुन् ।
मंसिर १२ गते बसेको गाउँ कार्यपालिकाको बैठको निर्णय अनुसार गाउँपालिमा भएका सम्पूर्ण विद्यालय सोमवारबाट खोलिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र मल्लले जानकारी दिए । उनका अनुसार नियमित रुपमा पठन पाठन सुरु गर्न सम्पुर्ण सामुदायिक बिद्यालयहरुका शिक्षक कर्मचारीलाई आ ( आफ्नो बिद्यालयमा हाजीर भई बिद्यालय सञ्चालन गर्नको लागि पत्राचार गरिएको पनि जानकारी दिए ।
गाउँ कार्यपालिकाको बैठकले आवश्यक स्वास्थ्य सर्तकताका सामाग्रीहरु माक्स, सेनिटाइजरको प्रयोग गरेर विद्यालय सञ्चालनमा ल्याउन सबै विद्यालय लाई पत्रचार गरेको अधिकृत मल्लले जानकारुी दिए ।
भौतिक दूरी कायम गरेर सबै विद्यालय मंसिर १५ बाट सञ्चालनमा ल्याईएको छ । उनले भने, बैठकले पालिका मार्फत वितरण गरिने सामाजीक सुरक्षा भत्ता अनिवार्य बैंक मार्फत भुक्तानी गर्नु पर्ने निर्देशन आएकाले ३ दिन भित्र सबै वडाका वडा सचिवलाई गाउँपालिकाको कार्यलयमा सम्पर्क गर्न निर्देशन समेत दिएको मल्लले जानकारी दिए ।