सोरु गाउँपालिकामा सोमवार बाट बन्द विद्यालय खुलाउदै

 

मुगु – लामो समय बन्द रहेको जिल्लाको उतरी भेगमा पर्ने सोरु गाउँपालिकाले सोमवारबाट गाउँपालिका भित्रका सबै विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
मंसिर १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । गाउँपालिकाका सबै सरकारी तथा निजि क्षेत्र बाट सञ्चालन भएका विद्यालयहरु खोल्ने निर्णय भएको सोरु गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार कोरोना भाईरसका कारण लामो समय देखि बन्द रहेका विद्यालयहरु स्वास्थ्य मापदण्ड अपनाई गाउँपालिका स्थीत सम्पुर्ण सामुदायिक बिद्यालयहरु सञ्चालन गर्ने निर्णय भएको सोरु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र मल्लले जानकारी दिए ।

उनका अनुसार नियमित रुपमा पठन पाठन सुरु गर्न सम्पुर्ण सामुदायिक बिद्यालयहरुका शिक्षक कर्मचारीलाई आ आफ्नो बिद्यालयमा हाजीर भई बिद्यालय सञ्चालन गर्नको लागि पत्राचार गरिएको छ ।

१२ मंसिरमा बसेको बैठकले सामाजीक सुरक्षा भत्ता अनिवार्य बैंक मार्फत भुक्तानी गर्नु पर्ने निर्देशन आएकाले ३ दिन भित्र सबै वडाका वडा सचिबलाई गाउँपालिकाको कार्यलयमा सम्पर्क गर्न निर्देशन समेत दिएको छ ।

विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले विश्वनै आक्रान्त पारिरहेको अवस्थामा देशभरका सरकारी तथा निजि विद्यालयहरु बन्द भएका छन् ।
पछिल्लो समय मुगु लगायत अन्य जिल्लाहरुमा विद्यालयहरु पठनपाठन गर्न सुरु गरे पछि सोरु गाउँपालिकामा पनि नियमित रुपमा पठनपाठन हुने सोरु गाउँपालिकाका अध्यक्ष लोक बहादुर शाहीले जनाएबा छन् ।