रारामा पर्यटकलाई गन्तव्‍यसम्म पुर्‍याउने एरो (चिह्‍न) (फोटोफिचर)

मुगु – कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल हो रारा । यति बेला रारामा घुम्न आउनेको संख्यामा वृद्धि भएको छ ।

रारा घुम्न आउनेलाई मन नभएको होईन । मन त छ तर यति मात्र होकि रारा कसरी जाने , रारा पुगे पछि कस्ता कस्ता ठाउहरु अवलोकन गर्न पाईन्छ, भनेर प्राय सबै आन्तरिक तथा बाह्य पर्यटहरु लाई कौतुहल्ता लागेको हुन्छ । रारा घुम्न पाए , एक पटक पुग्न पाए सबै लाई मनमा लागेको हुन्छ ।

रारा घुम्न जाने योजना त सबै बनाउन्छन, राराको नाम सुन्दा वित्तिकै सबैको मन त्यतिकै लोभिन्छ । तर पहिलो पटक रारा आउदै हुनुहुन्छ, अथवा आउने सुरसारमा हुनुहुन्छ भने रारा पुग्न र घुम्न नछुटाउनु होला।

रारा स्वगको एक टुक्रा हो । रारामात्रै पुग्नुहोस स्वर्ग पुगेको अनुभुति गर्नुहुने छ । राराले एक दिनमा निकै चोटी रङ्ग फेर्छ । कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो त अनि कहिले खैरो ।

मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छायाँ । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा जस्तो देखिन्छ ।

रारा पुग्न मुगु पुगेसकेपछी एरोका साथ बाट तपाई मज्जाले राराताल घुम्न सक्नु हुनेछ। राराका बिभिन्न क्षेत्रमा एरो चिन्न बनाईएका छन। त्यसका माध्यम बाट रारा घुम्न सक्नुहुने छ ।