काठमाडौं—काठमाडौंमा कोभिड—१९ संक्रमण देखिएका ४ जना स्वास्थ्यकर्मी यसअघि कोभिड—१९ का संक्रमितहरुको उपचारमा संलग्नहरु रहेको पाइएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार ब्रिफिङमा जानकारी दिएअनुसार ४ जना स्वास्थ्यकर्मीमा कोभिड—१९ संक्रमण देखिएको छ ।
संक्रमण देखिएका ४ स्वास्थ्यकर्मीमध्ये १ जना त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका रहेका छन् । त्यसैगरी, अन्य तीन जना काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
तीनै जना स्वास्थ्यकर्मी यसअघि कोभिड—१९ संक्रमण पुष्टि भएका बिरामीको उपचारमा संलग्न रहेका थिए । इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले आफूले काठमाडौंका मनमोहन कार्डियोथोरासिक र केएमसीका ४ जना स्वास्थ्यकर्मीमा कोभिड—१९ पोजेटिभ देखिएको जानकारी पाएको बताए ।
तर, कुन अस्पतालका कति जना र कुन तहका हुन भन्ने आफूलाई जानकारी आइनसकेको उनको भनाइ छ । यससँगै नेपालमा कोभिड—१९ संक्रमित स्वास्थ्यकर्मीको संख्या १८ पुगेको छ ।