मुगुमाकाे रोल गाउँमा आगलागी हुदा ५ घर जलेर नष्ट

 मुगु – मुगुमा विहिवार ५ वटा घर जलेर नष्ट भएका छन् । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका–३ रोल गाउँमा बिहीबार दिउँसो अन्दाजि १२ बजे आगलागी हुँदा ५ वटा घर जलेका हुन । एक्कासि घरबाट सल्किएको आगोले रोल गाउँका हस्तबहादुर शाहीको ३ तले ४ कोठा भएको पक्की घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

त्यस्तै होमबहादुर शाहीको पनि ३ तले ४ कोठा भएको पक्की घर , डबलबहादुर शाही, टेकबहादुर शाही र सुनकौरा सिंहको घर पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

 

कार्यालयका अनुसार खत्याड गाउपालिका  ३ सुनकौरा सिंहको दाहिने हात सामान्य रुपमा जलेको प्रहरी निरिक्षक नरेश विकले जानकारी दिए । उनका अनुसार आगाे के कति कारणले लागेको हो भन्ने खुल्न नसकेको उनको भनाछ । आगलागि बाट करिब ३० लाख सम्म क्षति भएको  उनले जानकारी दिए ।