पछिल्लो २४ घण्टामा  कर्णालीमा ६२ जनामा कोरोना पुष्टि

सुर्खेत – कर्णाली प्रदेशमा ३७६ जनाको आरटि पिसिआर परिक्षण गर्दा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल-पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा ६२ जनामा कोरोना संक्रमण भएको हो ।

पुष्टि भएका मध्य सुर्खेतका २४, रुकुम पश्चिमका १४, सल्यानका ६, दैलेखका ४, जुम्लाका २, कालिकोटका ३ र अन्य प्रदेशका ९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । याेसँगै कर्णालीमा काेराेना संक्रमितकाे कुल संख्या ६ हजार ७५८ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा २८ जनाले काेराेना संक्रमण जितेर डिष्चार्ज भएकाे कँडेलकाे भनाइ छ । कर्णालीमा कोरोना संक्रमण जितेर डिष्चार्ज हुनेको संख्या ६ हजार १७९ जना पुगेको छ । हालसम्म कर्णाली प्रदेशमा ९२ हजार ३७२ जनाको आरटि पिसिआर परिक्षण गरिएकाे छ ।