नयाँ गीत ‘म पागल सरि’ भिडियो सहित सार्वजनिक

 

सुर्खेत – बालगायक प्रितम आचार्यको स्वर रहेको नयाँ गीत ‘म पागल सरि’ भिडियो सहित सार्वजनिक गरिएको छ । गीतमा शशि बिक्रम थापाको संगीत तथा प्रभाकरदेव शर्माको शब्द रहेको छ ।

गीतको भिडियो अमेरिकामा छायाँकन गरिएको छ । भिडियोमा मुकेश अधिकारी, गोमा बास्तोला, निश्चल अधिकारी र लिजा बास्तोलाको अभिनय रहेको छ ।

रुपेश उप्रेतीको निर्देशन रहेको भिडियोमा योगेन थापाको छायाँकन तथा सम्पादन छ । भिडियोको निर्माण एल.डि बास्तोलाले गरेका हुन् ।