वेपत्ता पारिएका व्यक्तिको परिवारलाई आयोगद्धारा परिचयपत्र दिइने


सुर्खेत – जनयुद्ध, युद्ध तथा विभिन्न कारणले वेपत्ता भएका परिवारका सदस्यहरुलाइ वेपत्ता पारिएका व्यक्तीकोे छानविन आयोगले परिचयपत्र दिने भएको छ ।
मंगलबार वीरेन्द्रनगर सुर्खेतमा भएको पत्रकार सम्मेलनमा वेपत्ता भएका परिवारका सदस्यहरुलाइ परिचयपत्र दिने आयोगले जनाएको छ । आयोगका अध्यक्ष डाक्टर गंगाधर न्यौपानेका अनुसार यस आयोगलाइ २०७१ सालमा स्थापनामा ल्याइ विभिन्न कारणले वेपत्ता भएका परिवारका सदस्यहरुलाइ परिचयपत्र दिइ उनीहरुको न्यायको लागि आयोग अघि बढिरहेको बताए ।
‘वेपत्ता पीडितका सदस्यहरुले विभिन्न प्रकारका १४ बँुदे माग राख्दै सरकारलाई ध्यानआकर्षण गरेका छन् त्यसलाइ हामीले पनि नजरअन्दाज गरेका छौ,’उनले भने, ‘परिचयपत्र वितरणका लागी दुई वर्षको कार्ययोजना बनाएर अगाडी बढेका छौं साथै परिचयपत्र वितरण एक–दुई महिना भित्र सुरुवात हुनेछ ।’
यस्तै आयोगका सदस्य सरिता थापाले परिचयपत्र वितरणका लागि विशेष तारगेट सुदुरपश्चिम र कर्णाली प्रदेशलाई बनाए काम अगाडी बढाइने बताइन् ।
‘सुदुरपश्चि प्रदेशको कञ्नचनपुर जिल्ला र कर्णाली प्रदेशको सुर्खेत जिल्लालाइ प्रथामिक्तामा राखेर परिचयपत्र वितरण गरिने छ,’उनले भनिन्, ‘त्यसपछि धेरै पीडित भएका जिल्ला तथा स्थानलाइ छनोट गरी काम गर्ने योजना समेत रहेको छ ।’
वेपत्ता परिवारलाइ राज्यले नहेरेको कारण यस विषयलाइ गम्भिर रुपमा उठान गरेको र यस विषयमा काम गर्न छिटो सकिने हुदाँ पीडित परिवारले आयोगलाइ साथ र सहयोग गर्न थापाले आग्रह समेत गरिन् ।