१६२ जनाको परिक्षण गर्दा ३७ संक्रमित थपिए

सुर्खेत – पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमित ३७ जना थपिएका छन् । पछिल्लो २४ घन्टामा सुर्खेत, जुम्ला र दैलेख स्थित प्रयोगशालाबाट गरिएको १६२ जनाको आरटि-पिसिआर परीक्षणमा थप ३७ संक्रमित थपिएका हुन् ।
हालसम्म कर्णाली प्रदेशमा जम्मा आरटि-पिसिआर परीक्षण गर्नेको संख्या ८९,३५४ जना रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदशले जनाएको छ l हालसम्म कर्णाली प्रदेशमा कोभिड-१९ पुष्टि भएका संक्रमितहरुको जम्मा संख्या छ हजार एक सय सत्तरी जना रहेको छ l पछिल्लो २४ घन्टामा मुगुका ३, जुम्लाका १, दैलेखका ५, सुर्खेतका २४, सल्यानका १ र अन्य प्रदेशका ३ जना संक्रमित थपिएका हुन् ।
डिस्चार्ज
पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणबाट निको  भई ३२ जना डिस्चार्ज भएका छन्। योसंगै कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ५५२५ (पाँच हजार पाँच सय पच्चीस) जना पुगेको छ l हालसम्म कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको जम्मा संख्या १६  जना रहेको छ।