सुर्खेत – कर्णालीमा पछिल्लो २४ घण्टामा ७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सुर्खेतका ४० जना, जुम्लाका सात, दैलेखका ६, रुकुमपश्चिमका तीन, कालिकोटका एक र अन्य प्रदेशका ६ जनामा कोरोना पुष्टि भएको हो ।
प्रदशे अस्पताल/पशुपंन्छी रोग अन्वेषण प्रयोगशालामा ५६, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लामा १२, दैलेख अस्पतालमा पाँच र चौरजहारी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रलायका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६ हजार एकसय ३३ पुगेको छ । कर्णालमा हालसम्म सबैभन्दा बढी सुर्खेतका दुई हजार ६ सय ४० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, दैलेखका एक हजार पाँचसय २७, सल्यानका ५२०, जुम्लाका ३३४, कालिकोटका ३०७, रुकुमपश्चिमका १८३, जाजरकोटका १०८, हुम्लाका ३४, मुगुका ३२, डोल्पाका १५ र अन्य प्रदेशका ४३६ जना छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर २२६ जना डिस्चार्ज भएका छन् । कर्णालीमा कोरोना जितेर घर फर्कनेको संख्या पाँच हजार चार सय ९३ पुगेको छ । कर्णालीमा कोरोना संक्रमणबाट हालसम्म १६ जनाको मृत्यु भएको छ ।