काठमाडौं – देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ५१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ५१ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ४३० जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ४८ हजार ४०८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर दशमलव प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ६८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १५ लाख ७ हजार १९० जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभर २९ हजार ५७४ जना होम आइसोलेसनमा छन् । आजसम्म देशभर एक हजार २३२ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ४२८ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यससँगै कुल संक्रमितको संख्या एक लाख ८५ हजार ९७४ पुगेको छ ।
शनिबार देशभर दुई हजार ५०८ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार २६४ जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।
आइतबार देशभर दुई हजार ८२४ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार ६२० जना डिस्चार्ज भएका थिए । आइतबार देशभर कोरोना भाइरसको संक्रमणबाट २३ जनाको मृत्यु भएको थियो ।
सोमबार देशभर दुई हजार ९३३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार १५० जना डिस्चार्ज भएका थिए । सोमबार देशभर कोरोना भाइरसको संक्रमणबाट २४ जनाको छ ।
मंगलबार देशभर तीन हजार ३०९ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार ८४४ जना डिस्चार्ज भएका थिए । मंगलबार देशभर कोरोना भाइरसको संक्रमणबाट ३० जनाको मृत्यु भएको थियो ।