अमेरिकी राष्ट्रपति चुनाव : कांग्रेसमा कसको छ दबदबा ?

न्युयोर्क – अमेरिकी राष्ट्रपति चुनावका अलावा अमेरिकामा सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्सको सिटका लागि चुनाव भएको छ ।

सिनेटमा रिपब्लिकनको बहुमत छ भने हाउस अफ रिप्रेजेन्टेटिभ्समा डेमोक्रेट्सको कब्जा छ । तर, सिनेटमा पनि आफ्नो दबदबा बन्‍ने डेमोक्रेट्सले अनुमान गरेको थियो ।

सिनेटमा बहुमत पाएपछि आगामी राष्ट्रपतिका एजेन्डाहरुलाई आफ्नो ढंगबाट रोक्न र अगाडि बढाउन सकिने डेमोक्रेट्सको अपेक्षा थियो ।

डेमोक्रेट्सलाई कांग्रेसको माथिल्लो सदन सिनेटमा चार जरुरी सिटहरु जित्‍ने आशा थियो तर रिपब्लिकन उमेदवारहरुले आफ्नो सिटमा अग्रता लिएका छन् ।

यस्तै तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्समा केही सिटको पराजयका बाबजुद पनि डेमोक्रेट्सको बहुमत बन्‍ने सम्भावना छ । अहिले दुवै सदनका सबै भोट गणना हुन सकेका छैनन । सोही कारण अन्तिम परिणाम आएको छैन । -बीबीसी