काठमाडौं _ नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप ३० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाको मृत्यु भएको हो । यो दैनिक मृत्यु हुनेको संखयमा अहिलेसम्मकै सबभन्दा उच्च संख्या हो ।
मंगलबार देशभर कोरोना भाइरसको संक्रमणबाट २० जनाको मृत्यु भएको थियो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेको छ ।