काठमाडौं – प्रिमियर लिग क्लब टोटेनहमले आइतबार राति भएको खेलमा ब्राइजटनलाई २-१ गोल अन्तरले पराजित गर्यो । लिगको सातौं खेलमा टोटेनहमले ब्राइजटनलाई पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिन सफल भयो ।
टोटेनहमको उक्त खेलमा नायक बनेका थिए । ग्याराथ बेल । स्पेनिस क्लब रियल मड्रिडबाट यो सिजन मात्र प्रिमियर लिग क्लबमा आएका बेलले टोटेनहमका पुनः फर्केपछि पहिलो गोल गरे ।
बेलको गोलका मद्दतले टोटेनहमले लिगको सातौं खेलमा जित निकाल्न सफल भयो । उक्त जितपछि क्लबका मुख्य प्रशिक्षक जोसे मौरिन्होले बेलका बारेमा टोटेनहमले के लेख्छ भनेर आफू हेर्न आतुर भएको बताएका छन् । उनले स्काई स्पोर्टस्सँगको कुराकानीमा यस्तो बताएका हुन् ।
“बेलको प्रदर्शन एकदमै उत्कृष्ट छ । उनी अहिले क्लबका लागि मुख्य खेलाडी हुन् । उनी उत्कृष्ट खेलाडी हुन भन्ने कुरामा दुई मत छैन । अब बेलको बारेमा रियल मड्रिडको वेबसाइडमा के लेखिन्छ भन्ने कुरा हेर्न आतुर छु,” मौरिन्होले भने ।
बेल ब्राइजटनविरुद्धको खेलमा ७०औं मिनेटमा मैदान प्रवेश गरेका थिए । उनले ७३औं मिनेटमा गोल गरेका थिए । उनको गोलको सहयोगमा टोटेनहमले खेल जितेको थियो ।