एक महिनापछि हुम्लीले बल्ल भन्न पाए- हेल्लाे !

हुम्ला – हुम्लाको अदानचुली गाउँपालिकामा गत २० असोजबाट अवरुद्ध टेलिफोन सेवा शुक्रबारबाट सामान्य रुपमा सञ्चालनमा आएको छ । टावरमा कतै खराबी नभएकाले केन्द्रीय कार्यालय काठमाडाै‌बाट सेटिङ गरिएको हो ।

शुक्रबार  बिहानदेखि सामान्य चलेको टेलिफोन अझै पनि पूर्ण रुपमा मर्मत भइनसकेकाले १/२ दिनमै सञ्चालनमा आउने नेपाल टेलिकमका प्राविधिक अधिकृत राम खातीले जानकारी दिए ।

टेलिफोन अवरुद्ध हुँदा यहाँका स्थानीय जिल्लाबाहिर र अन्तरपालिकामा रहेका आफन्तसँग सञ्चारमा जोडिन सकेका थिएनन् । टेलिफोन सञ्चालनमा आएसँगै  १ महिनापछि फोन सम्पर्क गर्न पाएको स्थानीय राजु पार्कीले जानकारी दिए ।