२४ घण्टामा २५०८ कोरोना संक्रमित थपिए

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको छ ।

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ५०८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५०८ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार २६४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ३१ हजार २२२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७६ दशमलव ९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार २७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ४३ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसनमा ७ हजार ५७६ जना र होम आइसोलेसनमा ३१ हजार ८ जना रहेका छन् । आजसम्म देशभर तीन हजार  जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २९६ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ ।