हुम्लाको चेला सामुदायिक वनमा  आगलागी

हुम्ला – हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा –४ मा रहेको चेला र सिङमच्छीउ सामुदायिक वनमा विहिबार दिउँसो भिषण आगलागी भएको छ । आगलागीबाट वर्षौदेखि पालेर राखिएको बोटविरुवा जलेर नष्ट बनाएको छ ।
चेला वन हुँदै सिङमच्छीउ सामुदायिक वन हुँदै बल्देजुडा सम्म आगो पुगेको त्यहाँका स्थानीयले बताएका छन् । बिहिबार दिउँसो १२ बजे तिर लागेको आगाे नियन्त्रणमा ल्याउन प्रहरी स्थानीय लागी परेपछि साँझ तिर नियन्त्रणमा आउन सफल भएको हो । खुख्खा मौसम शुरुभएसँगै हुम्लामा आगलागीका घटना शुरु हुन थालेका छन् ।

उक्त सामुदायीक वन २०५२ साल देखि संरक्षण गरि राखेको सिमकोट गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष छविचन्द्र लामाले बताए ।
विगत २५ वर्ष देखि जोगाएर राखेको सामुदायिक वनमा आगलागी हुँदा हजारौको संख्यामा रहेका विभिन्न जातका वनस्पतीसंगै सो वनमा रहेका चरा चुरुङगी, जंगली जनावर समेत भागदौड गरेको र केहीको जलेर नष्ट भएको वडाध्यक्ष लामाले बताए ।

लामो समय सम्म जोगाएर राखेको वनक्षेत्रमा लाखौँका सल्लो, धुपी, उत्तिस, लगायत जडिबुटीका विरुवा जलेर नष्ट भएका छन् । वडा–४ लाङ्गदु गाउँका स–सााना बालबालिकाले आगो लगाएको भन्ने आएको तर एकिन भने नभएको उनकाे भनाई छ ।