कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

कोरोना संक्रमणबाट मृत्यु हुने ८८७ पुगे

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएको हो ।

सोमबार देशभर १४ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

आइतबार कोरोा भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको थिए भने शनिबार देशभर कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको थियो ।

गत साता देशभर संक्रमणबाट ११५ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ ।