देश भक्ती गीत – विहान हुँदा कोरी बस्छु हिमालको चित्र

काँधमाथि देश बोक्छु शीरमा सगरमाथा
नेपालको गाीत गाउँछु नेपालकै गाथा

विहान हुँदा कोरी बस्छु हिमालको चित्र
साँझ पर्दा तराइका धानका बाला भित्र

भृकुटी र सीताजीले खेल्ने देश मेरो
मेचीदेखि महाकाली दिव्य सेरोफेरो

प्रकृतिको हराभरा स्वर्ग जस्तो देश
संस्कृतिको धरोहर सैयौं थरी भेष

आँखाभरि अन्नपूर्ण धौलागिरी देख्छु
यी हातले सधैभरी नेपाल नै लेख्छु