दशैं मेलामा वडाध्यक्षका छोराको चक्कु प्रहारबाट एक जना घाइते

डोटीमा वडाध्यक्षका छोराको चक्कु प्रहारबाट एक जना युवक घाइते भएका छन् ।

जिल्लाको शिखर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नरबहादुर बलायरका २४ वर्षीय छोरा हर्क बलायरले सोही ठाउँका २१ वर्षीय हर्क बलायरलाई चक्कु प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

गाउँमा लागेको दशैं मेलाका क्रममा सोमबार चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको घाइते हर्क बलायरका दाजु कैलाश बलायरले बताए ।

घाइतेको धनगढी स्थित निसर्ग हस्पिटलमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने वडाध्यक्षका छोरा हर्क बलायरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष बलायर तत्कालीन नेकपा माओवादीबाट निर्वाचित जनप्रतिनिधि हुन् ।