कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

कोरोना संक्रमणबाट मृत्यु हुने ८४२ पुगे

कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १३ जनाको मृत्यु भएको हो । शुक्रबार कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको थियो ।

बिहीबार देशभर कोरोना भाइरसको संक्रमणबाट २१ जनाको मृत्यु भएको थियो ।

बुधबार कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृत्यु भएको थियो । मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृत्यु भएको थियो । सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको थियो । आइतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो । गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृत्यु भएको थियो । हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ ।