जाजरकोट_दशैंको सातौं दिन आज आश्विन शुक्ल सप्तमीका दिन घटस्थापना । जाजरकोट जिल्लामा दशैंघर तथा शक्तिपीठहरूमा भगवती कालरात्रिको पूजा आराधना गरिएको छ । नवरात्रका नौ दिनसम्म दुर्गाका एक–एक स्वरूपको पूजा आराधना गर्ने परम्पराअनुरूप नवदुर्गाको सातौ रूप कालरात्रि देवीको आराधना गरिएको हो ।
हिन्दू धर्मावलम्बीहरूले नौ दिनसम्म दशैंघरमा दुर्गा सप्तशती चण्डी र देवी माहात्म्य पाठ गरी शक्तिस्वरूप भगवतीको आराधना गर्दछन् । त्यस्तै, आजपनि देशभरका शक्तिपीठहरूमा पूजा अर्चनाका लागि घुइँचो लागेको छ । नवरात्र अन्तर्गत बडादशैंको आज सातौं दिन, आज दशैंघर तथा शक्तिपीठहरूमा फूलपाती भित्र्याइएको छ । केरा, दाडिम, धान, मानक, कर्चुर, बेसार, बेल, अशोक, जयन्तीका पत्रहरू भित्र्याई देवीको पूजा गर्ने परम्परा छ ।
फूलपातीकै अवसरमा जाजरकोटको दशैघरमा पनि आज फूलपाती भित्राइएको छ । बिहानै नेपाल प्रहरी, सशस्त्रले फुलपातीको अवसरमा कालीका भगवती मन्दिरमा पूजाअर्चना गर्नुका साथै हर्षबढाईं गरी दशैघरमा विधिपूर्वक पूजा गरी फुलपाती भित्राएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
कोरोना भाइरस कोभिड १९को प्रभावका कारण अहिले कालिका मन्दिर जिल्ला प्रहरी कार्यालय परिसर वाट खड्क देवता सहित फुलपाति जाजरकोट दरबार भित्र्याइएको प्रशासन कार्यालयले जनाएको छ ।