दैलेखमा बस दुर्घटना: चालककाे मृत्यु, १४ जना घाईते

सुर्खेत, दैलेखमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको डुंगेश्वर गाउँपालिका–४ तल्लो डुंगेश्वरमा मंगलबार दिउँसो ३ बजे बस दुर्घटनामा परेको हो ।
सुर्खेतबाट दैलेखको जम्बुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस ब्रेक फेल भएर दुर्घटनामा परेकाे प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस रोकीराखेको टिप्परमा ठोक्किएको हाे ।

कार्यालका अनुसार दुर्घटनामा घाईते भएक बस चालक ललित नेपालीको उपचारका लागि सुर्खेत ल्याउँदै गर्दा मृत्यु भएकाे हाे ।

दुर्घटनामा १४ जना घाईते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।