जाजरकोटमा सार्वजनिक यातायातमा नयाँ भाडादर निर्धारण

जाजरकोट– जाजरकोटमा दुई बर्ष पछि सार्वजनिक यातायातका साधनमा नयाँ भाडा निर्धारण गरिएको छ । सोमबार सदरमुकाम खलंगाबाट विभिन्न क्षेत्रमा सञ्चालन हुने यातायातका साधनमा नयाँ भाडादर कायम गरिएको हो ।

तस्वी फाईल

खलंगाबाट बाहिरिने र सदरमुकाम भित्रिने सवारी साधनमा व्यवसायीले यात्रुबाट मनोमानी भाडा लिने गरेको जनगुनासो बढेपछि नयाँ भाडा कायम गरिएको प्रमुुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।

जिल्लाका ग्रामिण क्षेत्रमा दशै तिहारको अवसरमा चर्को भाडा असुल्दै आएको जनगुनासो आए संगै जिल्लाका विभिन्न सडकमा भाडा कायम गरेको प्रजिअ बरालको भनाइ छ । २०७५असोज ११ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतको अध्यक्षतामा बसेको बैठकले जाजरकोट जिल्लामा नयाँ भाडादर कायम गरेको थियो । दुई बर्षको अवदि पछि सोमबारदेखि नयाँ भाडादर निर्धाण भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

खलंगा–काठमाडौं, खलंगा–नेपालगन्ज, खलंगा–थलह, खलंगा–पाँचकटिया, खलंगा–तल्लुबगरलगायत सडक र त्यसअन्तर्गतका खण्डमा नयाँ भाडा दर निर्धारण गरेको जिल्ल प्रशासन कार्यालय जाजरकोटले जनाएको  भेरीमालिका दैनिकमा समाचार प्रकाशित छ । जिल्लामा दैनिक सडक बिस्ताका काम संगै यहाँका नागरिकहरुका लागी नयाँ निर्धारण भएको भाडा दरले व्यवसायी र यात्रु दुवैलाई न्याय हुने प्रजिअ बरालको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सरकोकारवाला निकायका प्रतिनिधिको बैठकले खलंगादेखि काठमाडौंको एक हजार पाँच सय ४०, खलंगा–नेपालगन्ज सम्मको ठुलो गाडीको पाँच सय ५० सानो गाडीको ६ सय, खलंगा–सुर्खेत ठुलो गाडी चार सय ५० र सानो गाडीको ५ सय निर्धारण गरिएको छ ।

यस्तै खलंगादेखि रिम्नासम्मको एक सय ५०, खलंगा देखि पिपे सम्म ६०,खलंगा देखि कालिमाटि सम्मको ३ सय ५० भाडा कायम भएको छ । खलंगा देखि छेडाचौर सम्मका लागी १ सय ५० र खलंगा–पाँचकटिया खण्डको तीन सय पचास रुपैयाँ भाडा कायम गरेको छ । पश्चिम छेडाबजार देखि थलह सम्म ३ सय दल्ली देखि तल्लु सम्म ३ सय ५० छेडाचौर देखि सुवानाउली सम्म ४ सय रुपैयाँ नयाँ भाडादर कायम भएको छ ।

जिल्ला प्रशासन, यातायात व्यवसायी, स्थानीय सरकारका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थितिमा भाडा निर्धारणको निर्णय भएसँगै यात्रु भाडामा नठगिने भएका छन । व्यवसायीले यात्रुको टिकटमा कहाँदेखि कहाँसम्म जाने हो ठाउँ खुलाउनुपर्ने, गाडीमा भाडा दर लेख्नुपर्ने, सार्वजनिक ठाउँ तथा टिकट बिक्री स्थलमा भाडा दरको सूचनापाटी राख्नुपर्ने निर्णय गरिएको छ ।
तोकिएको भाडादर लागू भए नभएको प्रशासन, ट्राफिक प्रहरी, सम्बद्ध व्यवसायी, नागरिक समाजलगायतले अनुगमन गर्ने भएको छ । यस्तै जिल्ला भित्रका रुट परमिट नलिएका र निजी सवारी साधनलाई यात्रु बोक्न नदिने व्यवस्थालाई कडाइका साथ लिनुपर्ने प्रजिअ बरालको भनाइ छ।
भाडा दर निर्धारणसँगै बैठकले वडादशैं, तिहार जस्ता ठुला चाडपर्वहरू नजिकिँदै गर्दा यात्रुहरूलाइ सुरक्ष्ीत गनतब्य स्थलमा पुर्याउन समेत आग्रह गरिएको छ ।