पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि

सुर्खेत- पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा  थप ३२ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रतिष्ठान जुम्लामा १९, प्रदेश अस्पताल/पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सात, दैलेखमा पाँच र कमल बजार नगरपालिका प्रयोगशाला अछाममा गरिएको प्रयोगशालामा दुई जनामा कोरोना पुष्टि भएको हो ।

पुष्टि हुनेमध्य जिल्लागत आधारमा कालिकोटका आठ, जुम्लाका सात, दैलेखका ६, जाजरकोटका चार, सुर्खेतका एक र अन्य प्रदेशका चार जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । योसँगै कर्णालीमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या पाँच हजार एकसय ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर ५२ जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या तीन हजार आठ सय ८४ पुगेको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।