सुर्खेत – भेरी अस्पताल नेपालगन्जमा बर्दियाका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
असोज १६ गते कोरोना संक्रमण पुष्टि भएका पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरको कोभिड वार्डमा ११ दिनसम्म उपचार भएकोमा निको नभएपछि २७ गते भेरी अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएकाे छ ।
आईसीयूमा भेन्टिलेटरको सहायतामा प्लाज्मा थेरापीबाट समेत उपचार गरिए पनि बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । कोरोनासँगै ती पुरुषमा डेंगुको संक्रमण समेत रहेको श्रेष्ठले बताए ।
योसँगै बर्दियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।