अर्मेनिया र अजरबैजानबीच युद्धविराम गर्ने सहमति, विवाद वार्ताबाटै टुंग्याउने

काठमाडौं – अर्मेनिया र अजरबैजानले नागोरोनो–कारोबारखको विवाद समाधानका लागि युद्धविरामको घोषणा गरेका छन् ।

गत हप्ता भएको सहमति अनुसार दुवै पक्ष युद्धविरामका लागि तयार भएको बताइएको छ । तर युद्धविराम गर्ने सहमति पत्रमा हस्ताक्षर भएपनि एक सातासम्म दुवै पक्षले कारवाहीलाई निरन्तरता दिएका थिए ।

गत महिना अन्तर्राष्ट्रिय मान्यता प्राप्त अजरबैजानको भूमि स्वामत्विको विषयलाई लिएर भएको हिंसात्मक आन्दोलनमा सयौं अर्मेनियालीहरुको मृत्यु भएको थियो ।

सन् १९९४ मा दुवै पक्षबीचको युद्ध अन्त्य भएपछिको सबैभन्दा ठूलो आन्दोलन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सम्झौताको पालना गर्न दुवै राष्ट्र तयार रहेको बताइएको छ । दुवै राष्ट्रबीच युद्धविराम भंग गरेर शान्ति वार्ताका लागि अमेरिका, फ्रान्सलगायतका राष्ट्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ ।

अजरबैजानले गत शनिबार अर्मेनियाले क्षेप्यास्त्र प्रहार गरेर आफ्ना १३ सैनिकको मृत्यु भएको र करिब ५० जना घाइते भएको आरोप लगाएको छ ।

अर्मेनियाले आफ्ना नागरिकमाथि अनावश्यक हस्तक्षेप गरेको भन्दै अजरबैजानले शान्ति सम्झौता अक्षरश पालना हुनेमा अझै आशंका व्यक्त गरेको बताइएको छ ।

तर अर्मेनियाले भने उक्त आक्रमण आफूले गरेको भन्ने आरोपको खण्डन गरेको छ । एजेन्सी