सुर्खेत – सुर्खेतको गुर्भाकोट नगरपालीका २ का २२ वर्षीय युवकको मृत्यु पछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । ती युवकको बिहीबार साँझ ५ बजे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु भएको दुई घण्टापछि ७ – ३० बजे उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार, आफन्तकोमा बसेर अध्ययन गरिरेहेका ती युवा यही असोज २८ गते शौचालयमै मुखमा पिंmज आएको अबस्थामा बेहोस फेला परेका थिए । सुरुमा उनलाई आफन्तले झारफुक गर्न लगेको र त्यसपछि मात्रै देउती अस्पताल सुर्खेतमा उपचारको लागि ल्याएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
उनको अवस्था जटिल भएपछि २८ गते राति ११ बजे प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
श्वास्प्रश्वासमा समस्या भएकोले अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बिहीबार साँझ मृत्यु भएको सामाजिक बिकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । यससँगै कर्णालीमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १२ पुगेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।