जर्मनी सङ्क्रमणको गम्भीर अवस्थामा, मर्केलले भनिन् – आर्थिक हिसाबले फेरि अर्को लकडाउनमा जान सक्दैनौँ

जर्मन चान्सलर एन्जिला मर्केल।
जर्मन चान्सलर एन्जिला मर्केल।

जर्मन चान्सर एन्जिला मर्केलले जर्मनी कोभिड १९ को सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताएकी छिन्।

जर्मनीमा पछिल्लो समयमा कोभिड १९का सङ्क्रमितहरू बढ्दै गएका छन्।

हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ– उनले भनिन्।

उनका अनुसार हाल अहिलेसम्मकै धेरै संख्यामा कोभिडका सङ्क्रमितहरू बढिरहेका छन् र यसबाट कसरी बच्ने भन्ने नै ठूलो चुनौती हो।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेका लागि सबैभन्दा चुनौतीको काम सङ्क्रमितहरूको सम्पर्कमा आएका मानिसहरूलाई खोज्ने र उनीहरूलाई उपचारको दायरामा ल्याउने भएको बताएकी थिइन्।

 

जर्मनीले अहिलेको अवस्थामा लकडाउन गर्न सक्ने अवस्थामा नरहेको उनको भनाइ छ।

उनले भनिन्– हामी आर्थिक हिसाबले पनि अर्को पटकको लकडाउनको अवस्थामा जान सक्दैनौँ र यही खुला रहेकै अवस्थाबाट नै हामीले उपचारका विधिहरू तय गर्नु पर्दछ।