देशभर थप ३७४९ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा १९३५ , कर्णालीमा ७५ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत – नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। कोरोना संक्रमणबाट काठमाडौँ जिल्ला सबैभन्दा बढी प्रभावित छ।

काठमाडौं उपत्यकामा बिहिबार मात्र १ हजार ९ सय ३५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा सबैभन्दा बढी १ हजार ६ सय ९२ , ललितपुरमा १ सय ८ र भक्तपुरमा १ सय ३५ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६४ डिस्चार्ज भएका छन्। त्यस्तै, हाल आइसीयुमा ३ सय १४ जना र भेन्टिलेटरमा ६८ जना संक्रमित उपचाररत छन्। यसका साथै

कर्णालीमा पछिल्लो २४ घण्टामा थप ७५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पतालरपशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ५३, दैलेख अस्पतालमा १६, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पाँच र रुकुमपश्चिम प्रयोगशालामा गरिएको परीक्षणमा एक जना गरी ७५ जनामा कोरोना पुष्टि भएको हो ।

जसमध्य सुर्खेतका ३७, दैलेखका २३, कालिकोटका पाँच, रुकुमपश्चिम, सल्यान, डोल्पा र जाजरकोटका एक ⁄ एक र अन्य प्रदेशका तीन जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या चार हजार आठ सय २४ पुगेको छ । पछिल्लो २४ घण्टामा ५० जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको कुल संख्या तीन हजार ६ सय पाँच पुगेको छ ।