कर्णालीमा थपिए १०० जना काेराेना संक्रमित

सुर्खेतका मात्रै ६९ जना

 

सुर्खेत _ पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १०० जनामा कोरोना पुष्टि भएको छ ।

बुधबार कर्णाली प्रदेशका विभिन्न स्थानमा गरिएकाे पीसीअार परिक्षणमा थप १ सय जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वाथ्य सेवा महाशाखाले जनाएको छ ।

कोरोना पुष्टि हुनेमध्य सुर्खेतका सबैभन्दा धेरै ६९ जना, दैलेखका २० जना, कालकिोटका ४, रूकुमपश्चिमका १ जना तथा अन्य प्रदेशका ४ जना रहेको सामाजिक विकास मन्त्रालय स्वाथ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । यो सँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ७ सय ५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २४ छ । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या ३५५५ पुगेको छ । कर्णालीमा हालसम्म कोरोना पुष्टि भएका मध्य ११ जनाको मृत्यु भएको छ ।