मंगलबार कर्णालीमा थपिए १३१ संक्रमित, ४६५१ पुगे कर्णालीमा संक्रमित

सुर्खेतका मात्रै १०७ जना

सुर्खेत _ पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १३१ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार  कर्णाली प्रदेश अस्पताल ⁄ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १२३ र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वाथ्य सेवा महाशाखाले जनाएको छ ।

कोरोना पुष्टि हुनेमध्य सुर्खेतका सबैभन्दा धेरै १०७ जना, दैलेखका ३ जना, कालकिोटका ६, हुम्लाका २ जना, जुम्लाका ५ जना तथा अन्य प्रदेशका ८ जना रहेको सामाजिक विकास मन्त्रालय स्वाथ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । यो सँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ६ सय ५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ७९ छ । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या ३५३१ पुगेको छ । कर्णालीमा हालसम्म कोरोना पुष्टि भएका मध्य ११ जनाको मृत्यु भएको छ ।