भोलि बस्ने भनिएको कांग्रेस बैठक स्थगित

काठमाडौं – नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको २३ असोजमा निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । यसअघि १९ गतेको बैठकमा ७ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएसँग २५ गतेका लागि सारिएको थियो । (अनलाइनखबर)