३१ वर्षको यात्रामा स्याक नेपाल

वीरेन्द्रनगर – समाज रुपान्तरणका लागि समाज जागरण केन्द्र स्याक नेपालले ३१ वर्षको यात्रा सुुरु गरेको छ । ‘अन्धकारलाई सराप्नुुभन्दा एउटा बत्ति बाल्नु बेश’ भन्ने मुुल नाराका साथ संस्थाले समाज सेवामा ३० औं बसन्त पार गरेको हो ।

संस्थाले पत्रकार भेटघाट कार्यक्रम गर्दै ३० वर्षको अबधिमा एक अर्ब १९ करोड रुपैयाँ समाजमा लगानी भएको जानकारी दिएको छ । यो अवधिमा विभिन्न निकायसँग सहकार्य, समन्वय गर्दै सो रकम खर्च भएको संस्थाका कार्यकारी निर्देशक टिकाराम आचार्यले बताए ।

उनका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा मात्रै २० करोड १८ लाख ४२ हजार रुपैयाँ खर्च भएको छ । सुर्खेतका ६ वटा स्थानीय तहका २० वटा स्वास्थ्य संस्थामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि तालिम, सामग्री सहयोग र अनुगमन गरीएको उनले बताए । यस्तै गुमी, घुमखहरे, बाबियाचौर, सालकोट, मेहेलकुना, कुनाथरी, तरङ्गा कटकुवा, घुश्रा सहित नौ वटा स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणिकरण गरीएकोे छ ।

‘कर्णाली प्रदेशका २२ स्थानीय तहमा शिक्षाक्षेत्र योजना निर्माणका लागि प्राविधिक सहयोग प्रदान गरेर सबै तहमा योजना निर्माण र अनुमोदन भइसकेको छ’ उनले भने, ‘प्रदेशको शिक्षाक्षेत्र योजना अन्तिम चरणमा छ, भने ३१२ विद्यालयमा गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि सहयोग गरिएको छ ।’
संस्थाकी अध्यक्ष मिना कुमारी तिवारीले लघुउद्यम र व्यवसायिक सिप विकास तालिमपछि परियोजनाको सहयोगमा विभिन्न व्यक्रिहरुले व्यवसाय सञ्चालन गरिरहेको जानकारी दिइन् । जसमा २४५ जनामध्ये १०४ उद्यमी मासिक औसत १५ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको उनले बताइन् ।

यता वराहताल र चौकुने गाउँपालिकामा अपाङ्गता सम्बन्धी प्रोफाइल तयार गरी अनुमोदन भइसकेको छ । यस वर्ष जोखिममा रहेका ३१ बालबालिकालाई बाल अनुदान कोषबाट सहयोग गर्ने तयारी छ । साथै सुर्खेत र डोल्पाका १०४ धार्मिक अगुवालाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार, बालविवाह, छुवाछुत र छाउपडीबारे अभिमुखीकरण गरिएको उल्लेख छ ।

वराहताल गाउँपालिकाका सामुदायिक वन, विद्यालय र अन्य स्थानमा आठ दशमलब ९४ हेक्टर जमिनमा करिब १४ हजार ३०० बिरुवा वृक्षारोपण गरिएको संस्थाले जनाएको छ । यस्तै रुकुमपश्चिमको चौरजहारी र त्रिवेणी गाउँपालिकामा ४०० घरधुरीमा शौचालय मर्मत र २०६ घरधुरीको पुनर्निर्माणपछि तीन हजार ८२५ जनाले सुरक्षित शौचालय प्रयोग गरिरहेका छन् ।

गत वर्ष संस्थाका कार्यक्रम र आन्तरिक स्रोतमार्फत १० हजार ९०८ दलित, १३ हजार ५८१ जनजाति, ३० हजार ८३५ महिला, २७२ अपाङ्गता भएका, १७ एचआइभी संक्रमित, १४६ एकल महिला र २ एलजिबिटीआइक्यू सहित ५७ हजार १८४ जना लाभान्वित भएका छन् ।

संस्थाले एकीकृत नमुना गाउँ अवधारणा कार्यक्रम पनि सुरु गरेको छ । जसमा वीरेन्द्रनगर वडा–१३ को आफर एकिकृत नमुना बस्तीका ७४ घरधुरीमा पारिवारिक विकास योजना निर्माण गर्नुका साथै एक घर एक फिल्टर वितरण र सरसफाइ कार्य गरिएको छ । नक्साङ्कन, जीवनवृत्ति विकास योजना लगायतका कार्यहरू नगरपालीका, वडा र समुदायको सहकार्यमा गरिएका हुन् । नमुना गाउँका सूचक पूरा गर्न टोल सरसफाइ, झोलुङ्गे पुल मर्मत, खानेपानी पाइपलाइन पुर्ने, फोहर व्यवस्थापन, भाँडा सुकाउने चाङ्ग जस्ता अभियानहरू स्वयंसेवी रूपमा सञ्चालन भइरहेको स्याक नेपालले जनाएको छ ।

विहिबार स्याकले विविध कार्यक्रम आयोजना गरी आफ्नो ३१ औँ स्थापना दिवस पनि मनाएको छ । सप्ताहव्यापी विभिन्न कार्यक्रम गरीएको थियो । कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कंडेलले सबै मिलेर युवाहरुलाई आफ्नै देशमा स्वरोजगार बन्न प्रेरणा दिन आवश्यक रहको औँल्याए । सामाजिक विकास मन्त्री घनश्याम घण्डारीले विगतमा ग्रामीण समाजको चेतनास्तर बृद्धिमा स्याक नेपालले महत्वपूर्ण काम गरेको भन्दै अब सहरमा काम गर्न जरुरी देखिएको बताए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले समाज रूपान्तरण र महिला अधिकार प्रबद्र्धनमा स्याक नेपालले अतुलनीय योगदान पु¥याएको बताइन् । संस्थापक अध्यक्ष एवं संरक्षक डाक्टर सुरेश तिवारीले स्याक नेपालको स्थापनाका सुरुवाती दिनको स्मरण गर्दै ३० बर्षको अवधिमा भएका परिवर्तन र स्थापित नागरिक अधिकारको हिस्सेदार स्याक नेपाल पनि भएको जिकिर गरे ।