सुर्खेत – कर्णालीमा प्रतिपक्षि दलहरुले योजना छनोट प्रक्रियामा गलत काम भएको भन्दै कर्णाली प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजबादी पार्टीले संसद् बैठक अवरुद्ध गरेका हुन् ।
आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा योजना छनोट प्रक्रियामा गलत काम भइरहेको भन्दै प्रतिपक्षी दलहरु संसदमै विरोधमा उत्रिएका हुन् ।
माओवादी केन्द्रका सांसद विन्दमान विष्टले योजना बैँकमा योजना इन्ट्री गर्ने विधिमाथि नै प्रश्न उठाए । चित्तबुझ्दो जवाफ सरकारले नदिएसम्म सदन चल्न नसक्ने उनले चेतावनी दिए । सभामुख नन्दा गुरुङले बैठक आधा घण्टाका लागि भनदै स्थगित गरेकी छन् ।
योजना छनोट प्रक्रियाका बिषयमा पत्रकार नन्दराम जैशीले लेखेको ‘बजेट निर्माण प्रक्रियामै छुट्छन् महिला र दलित सदस्य, तालि पिट्नमात्र ल्याइएको गुनासो’ शिर्षकको समाचार सोमबार बिहान सिमन टुडे दैनिक र सत्यपत्रिका डटकममा प्रकाशित भएको थियो । प्रतिपक्षी दलहरुले यो समाचारका आधारमा पनि यो मुद्दालाई संसदमै उठाएका हुन् ।