युगआह्वान रजत जयन्तीमा ‘काव्य सुधा’


सुर्खेत – सुर्खेतबाट प्रकाशित हुँदै आएको युगआह्वान राष्ट्रिय दैनिकले आफ्नो २५ औं रजत जयन्तीको अवसरमा गजल वाचन कार्यक्रम गर्ने भएको छ ।

शनिवार रजत जयन्तीको अवसर पारी दैनिकले मध्यपश्चिमाञ्चल गजल मञ्चसँगको सहकार्यमा काव्य सुधा गर्न लागेको हो । शनिवार दिउँसो १२ बजेबाट मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको सभाहलमा युगको आवाज, युग श्रष्टा युगआह्वान रजत जयन्ती काव्य सुधा गजल वाचन कार्यक्रम हुनेछ ।

कार्यक्रममा कवि मोमिला जोशी, गजलकारद्वय जगत जिएम र नवराज कुन्दनले आफ्ना रचना वाचन गर्नेछन्, भने कार्यक्रमको सहजिकरण गजलकार पहल असिमले गर्नेछन् । राष्ट्रिय ‘ख’ वर्गमा सुचिकृत युगआह्वान २५ वर्षदेखि सुर्खेतबाट निरन्तर प्रशासन हुँदै आएको छ । पछिल्लो समय दैनिकले कर्णालीसँगै लुम्बिनी र सुदुरपश्चिममा समेत आफ्नो पहुँच विस्तार गरेको छ ।