बर्दियाका एक कोरोना संक्रमित पुरुषको कोहलपुरमा उपचारका क्रममा मृत्यु

काठमाडौं – बर्दियाका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोहलपुरमा उपचारका क्रममा हिजो राती बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताउनुभयो ।

यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरी दुई जनाको मृत्यु पुष्टि गरेको थियो ।

हिजो काठमाडौंमा ५० वर्षिय पुरुष र काभ्रेपलाञ्चोकमा ५० वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको थियो ।