कोरोनाको प्रकोप : अमेरिकामा कति पुगे मृतक र संक्रमित ?

काठमाडौं – कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ५० हजार ३७७ जनाको मृत्यु भएको छ भने ३ करोड ३ लाख ३८ हजार ६१४ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड २० लाख २८ हजार १३० जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार १७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख २ हजार २१३ जनाको मृत्यु भएको छ भने ६८ लाख ७४ हजार ५९६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४१ लाख ५५ हजार ३९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ लाख १७ हजार ३४४ जना उपचाररत छन् । त्यस्तै १४ हजार २७७ जनाका स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा ७ लाख ७५ हजार ५३७ जनालाई संक्रमण भएको छ भने १४ हजार ८१२ जनाको मृत्यु भएको छ ।

त्यस्तै टेक्सासमा अहिलेसम्म १४ हजार ९५८ जनाको मृत्यु भएको छ भने ७ लाख १३ हजार ८३० जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म १३ हजार ८६ जनाको मृत्यु भएको छ भने ६ लाख ७४ हजार ४५६ जना संक्रमित रहेको छ । अमेरिकामा बिहीवार मात्रै ४६ हजार २९५ जना संक्रमित थपिएका छन् भने ८७९ जनाको मृत्यु भएको छ ।