कर्णाली प्रदेश स्तरीय फुटबल : सुर्खेत र हुम्ला सेमिफाइनल प्रवेश

सुर्खेत – जुम्लामा सञ्चालित कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगितामा सुर्खेत र हुम्ला सेमिफाइनल प्रवेश गरेका छन् । प्रतियोगितामा कर्णाली प्रदेशका १० जिल्लामध्ये ६ जिल्ला मात्रै सहभागी हुदाँ प्रतियोगिता सिधै क्वाटर फाइनलबाट सुरु भएको हो ।

क्वाटरफाइनटमा सुर्खेत र हुम्ला बिजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा सुर्खेत र मुगु जिल्ला विच खेल भएको थियो । उक्त खेलमा सुर्खेत जिल्ला मुगु जिल्ला विरुद्ध १ ४ गोल अन्तरले बिजयी भएको हो । आयोजक जुम्ला फुटवल संघका महासचिव दिपेन्द्र बिक्रम हमालका अनुसार सुर्खेतले पहिलो हापमा ३१ मिनेट र ५७ मिनेट तथा दोस्रो ६० मिनेट र ६८ मिनेटमा गोल गर्दै सुर्खेत विजयी भएको हो ।

यसैगरी दोस्रो खेल हुम्ला जिल्ला र जाजरकोट विच भएको थियो । दोस्रो खेलमा हुम्ला जिल्ला २ गोलले बिजयी भएको हो । खेल अवधिमा गोल गर्न निकै प्रयास गरेको जाजरकोटले गोल गर्न सकेन । खेल सुरु भएको ३३ मिनेटमा र दोस्रो हाफको ५३ मिनेटमा गोल गरेका थियो ।

जुल्ला जिल्ला फुटवल संघकाका महासचिव दिपेन्द्र बिक्रम हमालका अनुसार खेल नकाउट चरणमा भएको हो । आजका विजेता जिल्लाको टिमले मात्रै अब सेमिफाइनल खेल खेल्ने भएका छन् । जुम्ला र कालिकोट बाई परेकाले अब सुर्खेत–जुम्ला र हुम्ला–कालिकोट फागुन १७ गते सेमिफाईनलका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सेमिफाईनलबाट बिजय भएको दुईबटा टिम १८ गते फाईनलका लागि भिड्ने छन् ।

फागुन १५ गते उद्घाटन गरिएको प्रदेश स्तरीय पुरुष फुटवल खेल प्रतियोगिता हिउँ परेकाले मंगलबार स्थगित गरी बुधबार मात्रै सुरु भएको हो । कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री टेकराज पछाईले खेलाडिलाई बल हस्तान्तरण गरेर खेल सुरु गरेका थिए । खेल प्रतियोगितामा घरेलु मैदानका खेलाडि जुम्ला सहित सुर्खेत, कालिकोट, हुम्ला, मुगु र जाजरकोट सहभागि भएका थिए ।