आजदेखि देशव्यापी दादुरा–रुवेलाविरुद्धको खोप अभियान

सुर्खेत – आज देखी दादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइदैँछ । जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखी चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो ।

सो अभियानअन्तर्गत कर्णालीका एक ला बढि बालबालिकालाई खोप लगाइनेछ । बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछन भने ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका सो खोप अभियान सहभागी हुदैँछन ।

नेपालमा काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।