काठमाडौं – सरकारले आगामी माघ ११ मा राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले निर्वाचन आयोगले दिएको परामर्शका आधारमा राष्ट्रियसभाको निर्वाचनको मिति तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि सकिँदैछ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको समेत कार्यावधि सकिँदैछ ।
राष्ट्रियसभा निर्वाचन ऐनले म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।