जाजरकोट भूकम्पका ६०६ परकम्प

काठमाडौं – जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन । अझै पनि उक्त क्षेत्र तथा जिल्लामा परकम्प गइरहेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त क्षेत्रमा हालसम्म ६०६ वटा परकम्प गइसकेको छ । आज बिहान ६ बजेसम्म जाजरकोट भूकम्पका ६०६ वटा परकम्प गएको केन्द्रले जनाएको छ ।

कात्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्पको गएको थियो । उक्त भूकम्पमा १५४ जनाको मृत्यु भएको छ । ३४६ घाइते भएका छन् ।

भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको छ ।