सुर्खेत – जाजरकोट केन्दबिन्दु भएर गएको भूकम्पमा परी हालसम्म कम्तिामा १५४ जनाको मृत्यु भएको छ।
प्ररारम्भिक तथ्याङ्क अनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिमा ६२ गरि जम्मा एक सय १५४ जनाको मृत्यु भएको हो।
भुकम्पमा परी गम्भिर घाइते भएका रुकुमपश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्दार गरिएको छ।उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ।
रुकुमपश्चिको आठविसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीका अनुसार भुकम्पमा परि आफ्नै नगरपालिकाका ५२ जनाको मृत्यु भएको नेपालखबरलाई जानकारी दिइन्।
यस्तै, आठबिसकोटमा ६० जना घाईते भएका छन्। ती मध्ये गम्भीर ३ जनालाई उद्धार गरि कर्णाली प्रदेश अस्पताल सुर्खेत पु¥याइएको छ। उप–प्रमुख धनकुमारीका अनुसार उद्धार र घटनाको विवरण संकलन गर्ने कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने छ।