विश्वकप फुटबल छनौटमा आज नेपाल र लाओस भिड्दै

काठमाडौं – विश्वकप फुटबल छनौटको प्रारिम्भक चरणको खेलमा बिहीबार नेपालले लोओससँग खेल्दैछ ।

नेपाल र लाओसबीचको खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेलको लागि नेपाली टोली तयार रहेको प्रशिक्षक भिन्सेन्जो अल्बर्टो र कप्तान किरण चेम्जोङको दाबी छ ।

छनौट चरणको दोस्रो खेल आगामि मंगलवार लाओसमा हुनेछ । यस चरणको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउनेछ । दोस्रो चरणदेखिका खेलहरु भने समूह चरणको ढाँचामा हुनेछन् ।

सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्तरुपले आयोजना गर्न लागेको विश्वकपको लाग एसियाली छनौट सुरु भएको हो । विश्वकपको आगामि संस्करणदेखि ४८ टोलीले सहभागिता जनाउँदैछन् ।